कोहि आउदै छरे छिट्टै लिन मलाई .
बाबा आमा तयार छन दिन मलाई .<१ >
समपन्न छरे सु खी राख अरे धेरै..
खै!खुसि नदि गर्ने होकि हिन मलाई.<२>
कुण्डली मिल्न बाकी छरे भन्ने सुनेकी
हजुर कै याद आउछ छिनछिन मलाई.<३ >
उ जुनीमा बाचा को संग भाको छ मेरो ?
हजुर ब्यर्थ मौन.. लाग्छ किन मलाई <४>
माग्नुस न मेरो हात मेरो घर आइ
लगाउनुसन मायाको ऋण मलाई <५>